• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

एमबाप्पेको दुई गोल, फ्रान्स युरोमा छनोट



एजेन्सी । फ्रान्स आगामी वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेदरल्यान्ड्सको योहान क्रुफ एरेनामा भएको खेलमा ७ औं मिनेटमा नै पाहुना टोली फ्रान्सले किलियन एमबाप्पेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ५३ औं मिनेटमा एमबाप्पेले नै दोस्रो गोल थप्दा फ्रान्स २–० ले अघि बढ्यो ।

८३ औं मिनेटमा किलिन्ड्स्ची हार्टमानले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता छोट्याए तर टोलीको हार टार्न सकेनन् ।

समूह बी मा रहेको फ्रान्स अपराजित छ । उसले ६ खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ । नेदरल्यान्ड्स ५ खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ । ग्रीस ६ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।