२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरेहित फुर्सदिला



अ+ अ-

म्याग्दी। यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुुने मुुस्ताङको बारागुुङ मुुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरेहित श्याम रिजाल यसपालि फुर्सदिला हुुनुहुुन्छ ।

“पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुुको पातलो उपस्थिति छ”, उहाँले भन्नुुभयो, “भक्तजन कम हुुँदा हामीहरुलाई पनि कामको चाप छैन ।”

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजनको सङ्ख्यामा यसपालि कमी आएको मुुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुुवेदीले बताउनुुभयो ।

“ यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्”, उहाँले भन्नुुभयो, “औसी तिथिमा अन्य दिनमा भन्दा भक्तजन बढी आउलान तर समग्रमा कमी भएको छ ।”

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरु भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ ।

सोह्र श्राद्धको सुुरुमै बेनी–जोमसोम सडकमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा गलत सन्देश प्रवाह हुुुनु, बाढीले कागबेनीमा भौतिक संरचनामा क्षति पुु¥याउनुु र आर्थिक क्षेत्रमा देखिएको समस्याको असर भक्तजन आगमनमा परेको स्थानीयवासीको भनाइ छ ।

सोह्र श्राद्धमा भक्तजन र तीर्थयात्रीले भरिभराउ हुुने होटल र धर्मशाला यसपालि सुुनसान रहेका जोमसोमका होटल व्यवसायी बमप्रसाद गौचनले बताउनुुभयो । “पहिले तीर्थयात्री धेरै आउँदा होटलमा बास नपाएर डाइनिङ हलमा सुत्ने गर्दथे”, उहाँले भन्नुुभयो, “यसपालि भएका कोठा पनि रित्ता भए ।”

भक्तजन आगमनमा भएको कमीले म्याग्दी र मुुस्ताङको होटल, यातायात व्यवसायीदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ । गत साउनको २८ गते कागखोलामा आएको बाढीले कागबेनीको बस्ती र भौतिक संरचनामा क्षति पुुगेको थियो ।

बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुुभएका कागबेनी बस्ती पुुनःस्थापना तथा संरक्षण समितिका संयोजक धारा गुुरुङले डोजरले बाढी पन्छाएर अस्थायी श्राद्धस्थल बनाएको जानकारी दिनुुभयो । “अस्थायीरुपमा श्राद्ध गर्ने ठाउँ बनाएका छौँ, पिण्डदान गर्न कुुनै समस्या छैन”, उहाँले भन्नुुभयो, “हिजोआज बेनी–जोमसोम सडकको अवस्था पनि सहज छ । मुुस्ताङ भ्रमणमा कुुनै समस्या छैन ।”

मुुक्तिनाथका होटल व्यवसायी रोशन थकालीले सोह्र श्राद्धमा भक्तजन कम भए पनि घटस्थापनापछि स्कुुल कलेज र कार्यालय बिदा भई मुुस्ताङ घुम्न आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरेको बताउनुुभयो ।

हालै गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सरस्वती अर्याल र कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मुुस्ताङ भ्रमण गर्नुभएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि घरपझोङ गाउँपालिकाले गत हप्ता जोमसोममा कृषि पर्यटन महोत्सवसमेत आयोजना गरेको थियो । वर्षा रोकिएको, आकाश खुुलेको र चिसो सुुरु हुुन लागेको शरदयाम भ्रमण र घुमघामका लागि उपयुुक्त मानिन्छ । रासस