४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा डि ककको लगातार दोस्रो शतक



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले अष्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका छन् । डि ककले ९० बलमा आफ्नो शतक पुरा गरेका हुन् । आइसिसी विश्वकप २०२३ मा डि ककको यो लगातार दोस्रो शतक हो । उनको यो ओडिआई करिअरको १९ औं शतक हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ३७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५ रन बनाएको छ । डि कक १ सय बलमा ८ चौका र ५ छक्कासहित १ सय ९ बनाएर म्याक्सेलको बलमा आउट हुन पुगे ।

पहिलो विकेटका लागि डि कक र कप्तान टेम्बा बभुमाले १९.४ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । बभुमा ५५ बलमा २ चौकासहित ३५ रनमा आउट भए । रास्सी भान डर डुसेन ३० बलमा २ चौकासहित २६ रनमा आउट भए ।

यसअघि डि ककले श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा डि ककसँगै डुसेनले १ सय ८ र माक्ररमले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा दक्षिण अफ्रिकाले ४ सय २८ रन बनाउदा श्रीलंका १ सय २ रनले पराजित भएको थियो ।