४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लाष्टिक वा बोतलको अचारले लाग्न सक्छ यस्ता रोगहरु, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । अधिकांश मानिस खानासंग खाना अचार खाने गर्छन् । खाना रुचेनको बाहानामा वा स्वाद बढाउन भन्दै अचारको प्रयोग खानासँग गर्छन् । तत्काल भान्सामा बनाइएको अचार स्वास्थ्यकालागी हानिकारक हुँदैन तर बोतल वा प्लाष्टिकमा बन्द प्याक अचारले स्वास्थ्यमा बिभिन्न रोगको खतरा बढाउने गर्दछ । 

के-के हुन् त खतरा ?

१) क्यान्सर : अचारमा सोडियमको मात्रा धेरै हुने भएकाले अचार खाँदा शरिरमा पनि यसको मात्रा बढ्ने गर्दछ । यसले पेटको क्यान्सर हुने खतरा बढाउँछ ।

२) हृदयघात : धेरै अचार खाँदा रक्तसंचार बिग्रने गर्दछ । यस्तोमा स्ट्रोक तथा हृदयघातको खतरा बढ्ने गर्दछ ।

३) तौल बढाउँछ : अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ र शरिरमा बोसो बढ्ने गर्दछ । फलत मानिसमा मोटोपन बढ्दै जान्छ ।

४) रक्तचाप : धेरै अचार खादाँ सोडियमका कारणले उच्च रक्तचापको जोखिम पनि बढ्ने गर्दछ ।

५) मृगौला : अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । जसले पत्थरीको समस्या निम्त्याउँछ ।

६) मधुमेह : गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ । यसले खानामा मधुमेह रोगको सम्भावना हुन्छ ।

(एजेन्सीको सहयोगमा)