१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

कसरी मनाउने होली ? (भिडियोसहित)

कसरी मनाउने होली ? (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । होली पर्वलाई समाजमा सकरात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन् । फागुन शुल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकरात्मकता र सद्भावना ल्याउन आवश्यक रहेको संस्कृतिविद्हरुले जोड दिएका हुन् । रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्र र भोलि तराईमा एक आपसमा रङ साटासाट गरेर मनाइने प्रचलन छ ।

कोरोनाका कारण गत तीन वर्ष हर्षोल्लासका साथ मनाउन नपाएको होली यस वर्ष भने नेपालको काठमाडौंसहित देशभर नै हर्षोल्लासका साथ मनाउन लागिएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममासह प्राध्यापक डा. प्रियंवदा काफ्लेले होलि अर्थात् फागु पूर्णिमा राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने पर्व भएको बताउनु भयो । उहाँले अहिले नेपालमा होलीलाई नकरात्मक तवरबाट मनाइँदै आएको बताउँदै होली राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने पर्व भएको बताउनु भयो ।

उहाँले होली प्राकृतिक रङहरुबाट खेल्ने पर्व भएको र घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरु बनाएर खेल्नुपर्नेमा जोड दिनुभयो । सह प्राध्यापक काफ्लेले प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो छाला र स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकोले पनि प्राकृतिक रङबाट होली खेल्न पहल गर्नुपर्ने बताउनु भयो ।

सह प्राध्यापक काफ्लेले भन्नुभयो, ‘फागुलाई २÷३ वटा दृष्टिकोणले हेर्न सकिन्छ । राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने फागुपर्व, अर्को पक्ष भनेको कृष्ण भगवानले गोपिनीहरुसँग वसन्तोत्सव मनाएको फागु पर्व होली हो । पौराणिक कालदेखि नै यो शुरुवात भएको देखिन्छ । यो मुख्यतया राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने यो खालको पर्व हो । मान्छे, पशुपंक्षी, वनस्पति, प्रकृति सबैप्रति हामी निरन्तर सद्भाव राख्छौँ भन्ने कुरालाई सन्देशको रुपमा बोकेको पनि यो पर्व हो । यसलाई रङहरुको पर्वको रुपमा धेरैले जान्दछन् । रङहरुको महत्वलाई हेर्दा हाम्रो सबै चाडपर्वहरु प्रकृतिसँग नजिक छ ।

हामीले प्रकृति रङहरुलाई ग्रहण गर्नुपर्छ । प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो त्वचा ९छाला० लाई, स्वास्थ्यलाई धेरै नै लाभ पुग्छ । कृत्रिम खालका रङहरुलाई हामीले लिँदा त्यसले धेरै हानी गर्दछ । अहिलेको बालबच्चाहरुलाई हामीले रङहरु कसरी बनाउने, चुकन्दरबाट पनि हामीले एक प्रकारको बैजनी खालको रङ बनाउन सकिन्छ । बेसारबाट पहेँलो रङ हुन्छ । बेसार हाम्रो त्वचाको निमित्त औषधिय गुणले भरिपूर्ण हुन्छ । चामलको पीठोबाट हामीले सेतो रङ बनाउन सकिन्छ । चामलको पीठो पनि हाम्रो त्वचाको निमित्त असाध्यै राम्रो हुन्छ । दाद, पोतो हराउने हुन्छ । विभिन्न फूलहरुको लेप लगाउने, त्यस्तै किसिमका स्नान द्रव्यले स्नान गर्ने त्यो किसिमको वातावरण हामीले बनाउनु पर्छ । घरमै बनाइएका रङहरुलाई हामीले प्रोत्साहन गरेर प्रयोग गर्ने हो भने यसले हाम्रो शरीरलाई पनि राम्रो गर्दछ । कसैले पनि यसलाई नकारात्मक रुपमा व्याख्या गर्न हुँदैन ।’

सह प्राध्यापक काफ्लेले होलीको महत्व आजका नयाँ पुस्तालाई बुझाउन शिक्षामा समावेश गर्नुपर्ने बताउनु भयो । उहाँले प्रकृति मेरेपछि संस्कृति नरहने जिकिर गर्दै नेपाली भाषालाई प्रोत्साहन गर्नुपर्ने र होली लगायतका नेपाली चाडपर्वहरुलाई विषयगत पाठ्यक्रममा राख्न आजको आवश्यक्ता भएको बताउनु भयो ।

सह प्राध्यापक काफ्लेले भन्नुभयो, ‘होलीको महत्व बुझाउनको निमित्त हामीले शिक्षामा यसलाई समावेश गर्न आवश्यक छ । प्रकृति हाम्रो निमित्त कति आवश्यक छ ? प्रकृति मरेपछि हाम्रो संस्कृति मर्छ, सबै विषयहरु अंग्रेजी माध्यमबाट पढाइदिएपछि भाषा मर्छ । हाम्रा बालबालिकाहरु, नेपालीहरुले नेपाली भाषा नजान्ने अवस्था आउनसक्छ । भाषा नजानेपछि भाषाले बोकेको संस्कृति र सन्देश पनि मर्दै जान्छ । शिक्षामा हामीले नेपाली भाषाको माध्यमले पढाउनुपर्छ ।’

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । होलीका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् ।