३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

होसियार ! तपाईको निन्द्रा कतै यी खानेकूराहरुले त बिगारिरहेको छैन ?

होसियार ! तपाईको निन्द्रा कतै यी खानेकूराहरुले त बिगारिरहेको छैन ?
अ+ अ-

काठमाडौं । स्वस्थ्य जीवनका लागि निद्रा पुग्न अति आवश्यक हुन्छ । तर, अव्यवस्थित क्रियाकलाप र खानपानका कारण निद्रा बिथोलिँदा स्वास्थ्यमा असर परिरहेको हुन्छ । कतिपयमा त अनिद्रा नै मुख्य स्वास्थ्य समस्याका रूपमा समेत देखिने गरेको छ । स्वस्थ्य रहन पर्याप्त निद्रा, शारीरिक व्यायाम र स्वस्थ्य खानपानमा सबैमा ध्यान दिन जरुरी छ । त्यसैले चिकित्सकहरूको पनि यही सुझाब हुन्छ। 

यी खानाले निद्रा बिगार्ने गर्छ :

क्याफिन
कतिपयले निद्रा कम गर्न क्याफिन प्रयोगमा ल्याउँछन, तर दैनिक रूपमा क्याफिनयुक्त खाद्यपदार्थको प्रयोगले निद्रा नै नलाग्ने समस्या आउन सक्छ । क्याफिनको मुख्य स्रोत कफी हो, सामान्यतया अनिन्द्राको समस्या भएका व्यक्तिहरूले क्याफिनको प्रयोग सकेसम्म कम गर्नुपर्छ ।

मसला
मसालेदार खानामा एसिडको मात्रा धेरै हुन्छ । जसले निद्रासम्बन्धी हार्मोनको स्तर कम गराउँछ । पर्याप्त निद्राका लागि सकेसम्म बेलुकाको खानामा मसालायुक्त खाद्यपदार्थ प्रयोग गर्नु हुँदैन । एसिडको मात्राले पाचनमा पनि समस्या ल्याउने हुँदा बेलुका मसालायुक्त खाना कम प्रयोगमा ल्याउनुपर्छ ।

अल्कोहल
कतिपयमा साँझ वा रातको समयमा अल्कोहल सेवन गर्ने बानी हुन्छ । उनीहरू दिनभरको कामको थकान मेटाउन वा रमाइलोका लागि साँझ अल्कोहल प्रयोग गर्छन् । जुन ट्रेन्डकै रूपमा चलेको पाइन्छ । तर, बेलुकाको समयमा गरिने अल्कोहल प्रयोगले निद्रामा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । अल्कोहलले चाँडो निद्रा परे पनि स्वस्थ निद्रा पर्दैन । जसको असर शरीरमा परिरहेको हुन्छ ।

कर्ड मिट
कर्ड मिट अर्थात् स्न्याक्सका लागि प्रशोधन गरिएको मासु सेवनका कारण पनि निद्रा लाग्दैन । सामान्यतया भोज, पार्टीमा प्रयोगमा ल्याइने यस्तो मासुमा विभिन्न मसाला मिसाएर बनाएको हुन्छ । कर्ड मिटमा टायरामाइन नामक तत्व समावेश हुन्छ । जसले मस्तिष्कमा नोरपाइनफ्रिन रिलिज गर्ने हँुदा मस्तिष्क सक्रिय नै रहन्छ, फलस्वरूप निद्रा राम्रोसँग पर्दैन ।

चकलेट
अबेर रातसम्म काम गनुपर्ने बाध्यता भएका व्यक्तिले निद्रा नलागोस् भनेर डार्क चक्लेट खाने गर्छन् । निश्चित मात्रामा डार्क चक्लेट स्वास्थ्यका दृष्टिकोणले राम्रै मानिन्छ, तर निद्रामा भने असर गरिरहेको हुन्छ । डार्क चक्लेटमा क्याफिनको मात्रा पाइन्छ । सामान्य डार्क चक्लेटमा करिब ८० मिलिग्रामसम्म क्याफिन मिसाइएको हुन्छ, जुन एक बोतल रेडबुलमा पाइने क्याफिनजत्तिकै हुन्छ ।

डिक्याफ कफी
क्याफिन मात्र नभई डिक्याफ लाटे वा कफीमा पनि प्रशस्त मात्रामा क्यफिन पाइन्छ । सामान्यतया, यस्तो बेभरेजमा क्याफिन फ्री भनिए पनि क्याफिनको मात्रा भेटिन्छ । सन् २००७ मा गरिएको एक अध्ययनअनुसार, कफिसपका अधिकांश आइटममा क्याफिनको मात्रा प्रयोग गरिएको हुन्छ । जुन निद्रासँग प्रत्यक्ष सम्बन्धित हुन्छ ।

चिज
निद्रामा प्रभाव पार्ने खानेकुरा सम्झिदा चिज सामान्यतया दिमागमा आउँदैन । तर, परमेसन र रोमानोजस्ता केही चिजमा टायरोमाइन नामक एमिनो एसिड हुन्छ । जसले मस्तिष्कमा सीधा असर गर्छ ।

तारेका, भुटेका खाना
तारेका वा भुटेका खानेकुराको अत्यधिक प्रयोग मोटोपनसँग जोडेर हेरिन्छ । जस्तै– आलु चिप्स, पे्रmन्चफ्राईमा हुने रसायनले पाचनमा असर गर्ने हुँदा निद्रामा असर गर्छ ।

(एजेन्सीको सहयोगमा)