३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धेरै दुध पिउँदा महिलामा हड्डी टुट्नेसहित अन्य समस्याको खतरा !

धेरै दुध पिउँदा महिलामा हड्डी टुट्नेसहित अन्य समस्याको खतरा !
अ+ अ-

काठमाडौं । दुध तथा दुधबाट बनेका परिकारहरु हाम्रो शरीरका लागि कति फाइदाजनक छ, यसबारेमा हामीलाई बच्चैदेखि थाहा छ । दुधका कारण धेरै मानिसको डाइट पूर्ण हुँदैन। दुधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी जस्ता अति आवश्यक पोषक तत्वहरु हुन्छ । यही कारण दुधलाई सम्पूर्ण एंव सन्तुलित आहार मानिन्छ ।बितेका केही सालमा भएको अध्ययन र अनुसन्धानले दुधले मानिसको शरिरमा पुर्याएको असरबारे बताएको छ । उसो त दुध पिउनु फाइाजनक छ तर धेरै दुध पिउनाले फाइदा भन्दा पनि धेरै घाटा छ । दुध पिउनाका असरहरु :

अनुहारमा डण्डीफोर आउनु
अहिलेसम्म जति अध्ययन र नुसन्धान भएको छ त्यसले यही बताउँछ कि दुध तथा दुधजन्य खाद्यपदार्थ अति खानाले अनुहारमा डण्डीफोर आउने खतरा बढ्छ ।प्राकृतिक रुपमा दुधमा ग्रोथ हाम्रोन हुन्छ र त्यसले डण्डीफोर बढाउने काम गर्छ । यसका अलावा केही अनुसन्धानले यो भन्छ कि दुध वा दुधजन्य खाद्यपदार्थ धेरै खानाले इन्सुलिन बढ्छ र अनुहारमा जोखिम धेरै हुन्छ ।

एलर्जी
विज्ञका अनुसार ५ देखि १० प्रतिशत बच्चाहरुमा दुधको एलर्जी हुन्छ । यसका कारण पेट दुख्ने, डायरिया हुने जस्ता बिमारी हुन सक्छ । कतिपय अवस्थामा वयस्कमासमेत दुधको एलर्जी हुन सक्छ ।

हड्डी टुट्ने
अर्को एउटा अध्ययनले गरेको कुरा मान्ने हो भने दिनमा तीन गिलास बढी दुध खानाले हड्डी टुट्ने सम्भावना बढी हुन्छ । खासगरी महिलामा डी गैलेक्टोज नामको सुगरको कारण यस्तो हुने सम्भावना बढी हुन्छ । वृद्धवृद्धाले समेत बढी दुध तथा दुधजन्य खानेकुरा सेवन गर्दा पनि हड्डी टुट्ने सम्भावना ज्यादा हुन्छ ।

क्यान्सरका खतरा
२००७ मा अमेरिकन इंस्टिट्यूट फर क्यान्सर रिसर्चको एक रिपोर्टका अनुसार दुधमा क्याल्सियम बढी हुन्छ र यसको धेरै पिउनाले प्रोस्टेट क्यान्सरको खतरा बढ्छ ।यसका अलावा २०१२ मा प्रकाशित एनसीबीआईको रिपोर्ट अनुसार दुधमा लैक्टोज नामका खाश किसिमको सुगर हुन्छ, यसको अधिक सेवन गरे महिलाहरुलाई पाठेघरमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । गाईको दुधमा धेरै चिल्लो पदार्थ हुने हुँदा त्यसलाई पचाउन नसक्दा पेट दुख्ने, पेटमा ग्याँस जम्मा हुने, पेट फुल्ने, डायरिया हुने जस्ता समस्या देख्न सकिन्छ ।

हृदय रोगका खतरा
अक्टूबर २०१४ मा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार धेरै दुध पिउँदा महिला तथा पुरुष दुवैमा हृदयघातको खतरा हुन्छ । दैनिक तीन गिलास भन्दा बढी दुध पिउने पुरुषमा हृदयघातका कारण मृत्यु १० प्रतिशतसम्म बढी हुनसक्छ । जो व्यक्तिमा हृदयरोगको जोखिम बढी छ र जो आफ्नो तौल कम गर्न चाहन्छ उसले दुधको सेवन नगरेकै राम्रो । दुध धेरै पिउनाले अन्य धेरै समस्याहरु पनि देख्न सकिन्छ । यसको कारण यो होइन कि तपाइ दुध पिउन छाड्नुस । दुधका कारण कुनै समस्या छैन र साइड इफेक्ट छैन भने ठिक्क मात्रामा दुध पिउनु पर्दछ । (एजेन्सीको सहयोगमा)