• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसियाडका रजत र कांस्य पदक विजेतालाई विमानस्थलमा भव्य स्वागत



काठमाडौंं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।

दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विमानस्थलमा भव्य स्वागत गरेको छ । परिषद्ले उनीहरुलाई खादा र फूलले स्वागत गरेका छन् ।

नेपाली महिला कबड्डी टोलीले कास्य पदक र करातेको ६८ केजीमा धादिङकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् । उनीहरुसहित भारोत्तोलन, डान्स स्पोर्टस् क्यानोइका खेलाडीहरु काठमाडौं आइपुगेका हुन् ।

उनीहरुलाई विशेष स्कर्टिङसहित राखेप कार्यालय लगिएको छ ।