४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव

विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव
अ+ अ-

काठमाडौं । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । आज स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो । २०७२ सालमा स्थापना भई माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले नि:शुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ । विगेन नेपालको १०औं वार्षिकोत्सव समारोह उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अंगहरुको प्रभावकारी उपचार प्रदान गर्दछ । विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरुमार्फत तराईदेखि हिमालय क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।
विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई नि: शुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

नियमित प्रयोगबाट हिँडडुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको विगेन नेपालले बताएको छ ।

स्वास्थ्य लाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसकी घरमै लगेर उपकरण प्रयोग गर्ने सेवाग्राहीले उपकरण खरिद गर्ने गरेका छन् । उपकरण विक्रिबाट प्राप्त हुने आम्दानीबाट नै निरन्तर नि:शुल्क सेवा प्रदान गर्दै आएको विगेन नेपालले बताएको छ । सेन्टर आउनेहरुको भने थेरापी सेवा नि:शुल्क प्रदान गर्ने गरिएको बताइएको छ ।

विगेन नेपालले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने चिकित्सक, कलाकार, संचारकर्मी, सामाजिक र साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई अभिनन्दन गरेको छ । वार्षिकोत्सव समारोहमा वरिष्ठ राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ गायककार मुरलीधर र वरिष्ठ संचारकर्मी ऋषि धमलालगायतलाई प्रशंसापत्रसहित अभिनन्दन गरिएको छ । त्यस्तै, कोरियन मेडिकल ग्रुपका ग्लोबल अध्यक्ष श्रीमती चुङ सिंग्जा हुन पनि कार्यक्रममा सहभागी भएकी थिईन् । वार्षिकोत्सव समारोहमा करिब पाँच दर्जन जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । वार्षिकोत्सव समारोहमा विगेन थर्मल थेरापी सेवा लिइरहेका ५ हजारभन्दा धेरैको सहभागिता रहेको थियो ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको आगामी यात्र अझ प्रभावकारी हुन सकोस् र सेवा भावले सार्थकता पाओस् भनी शुभकामना व्यक्त गरे । मन्त्री श्रेष्ठले चावहिलमा रहेको सार्वजनिक सेवा केन्द्रमा गएर विगेन थेरापीको सेवा आफूले पनि लिएको जानकारी गराए । आफूले विगेन थेरापीको लाभ लिएको बताए ।

‘प्रकाश श्रेष्ठको नेतृत्वमा विगेन नेपालले समाज सेवाको अतुलनीय उद्धाहरणसहित अभियान चलाएको छ । यो साँच्चै नै प्रसंशनीय र गौरवको कुरा हो,’– उनले भने । विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सबै आमाबाबुलाई आफ्नै सम्झेर सेवा प्रधान गरेको बताए । उनले सेवामार्फत देशभर हजारौं आफन्त कमाएको स्मरण गरे । उनले देशमा नै बसेर सेवामुखी काम गर्नुपर्छ भनेर विगेन थेरापी सेवा सञ्चालनमा ल्याएको बताए । देशभर १५ लाखभन्दा धेरैलाई सेवा दिइसकिएको उनले बताए ।

नेकपा (एमाले) का नेता तथा सांसद एलपी साँवा लिम्बुले नेपालमा केही हुँदैन भनेर विदेशिनेको लर्को चलिरहेको अवस्थामा विगेन नेपालले प्रशंसनीय काम गरेको बताए । यसले नेपालको विकासमा टेवा पुर्याउने बताए । दैनिक १२ हजार जनाले नि:शुल्क सेवा लिने कुरालाई मामुली सम्झिन नहुने बताए । साथै, आफ्नो निर्वाचन क्षेत्र झापामा समेत विगेन नेपालले शाखा विस्तार गरेर सेवा दिइरहेको भन्दै उनले खुसी व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले एक जना व्यक्तिको पहलमा देशभरमा विगेन थर्मल थेरापी उपचार प्रदान गरेको भन्दै प्रशंसा गरिन् । उनले विगेन नेपालका अध्यक्ष श्रेष्ठले देशभर नि:शुल्क रुपम सेवाग्राहीलाई थर्मल थेरापी प्रदान गर्न सक्दा सरकारले किन गर्न सकिरहेको छैन भन्ने प्रश्न उब्जिएको उनले बताईन् । विगेन नेपालबाट सरकारले सिक्नुपर्ने र मनन गर्नुपर्ने धेरै कुराहरु रहेको उनको भनाइ छ ।

पत्रकार ऋषि धमलाले विगेन नेपालका अध्यक्ष श्रेष्ठले समाज सेवा के हो भन्ने कुरा प्रमाणित गरेर देखाएको बताए । मानिसको जीवनमा सबैभन्दा ठूलो धन स्वास्थ्य रहेको बताउँदै पत्रकार धमलाले विगेन नेपालले धेरैलाई स्वास्थ्य सेवा प्रदान गरेको बताए । आज सरकारले भन्दा पनि प्रभावकारी स्वास्थ्य सेवा विगेन नेपालले प्रदान गरेको उनको भनाइ छ । विगेन नेपालले प्रदान गर्दै आएको विगेन थर्मल थेरापीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।