२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ३२.४१ अंकले घटेर २ हजार ६३२.२० विन्दुमा, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ३२.४१ अंकले घटेर २ हजार ६३२.२० विन्दुमा झरेको छ। यस दिन १.२२ प्रतिशतले बजारमा म्युचुअल फण्ड बाहेकका सबै परिसूचक घटेको हो । 

यता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अंकले घटेर ४७३.३९ विन्दुमा झरेको छ । यस दिन रू. ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार बराबरको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर कारोबार भएको छ। यो कारोबार २१४ ओटा कम्पनीको ६६ हजार ४८० पटकको व्यापारमा भएको हो ।

यो साताको ४ कारोबार दिनमा ३ दिन बजार घटेको छ । लामो समयदेखि बढेको बजार विक्रेता हाबी हुदाँ प्रभावित भएको ब्रोकरहरु बताउँछन् । पछिल्लो समय दोस्रो बजारमा सूचीकृत भएका नयाँ कम्पनीहरुको शेयर धेरै लगानीकर्ताहरुको हातमा भएकाले ती कम्पनीको शेयर विक्री चापका कारण बजार प्रभावित भएको ब्रोकरहरु बताउँछन् । 

यो दिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको रू. २५ करोड ४५ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. ५७१ कायम भएको छ ।

बुधवार म्युचुअल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.१ प्रतिशतले घटेको छ ।

त्यस्तै बैंकिङ्गको १.३६ प्रतिशत, व्यापापरिकको ०.०५ प्रतिशत, होटल्स तथा पर्यटनको ०.५५ प्रतिशत, जलविद्युतको १.१५ प्रतिशत, वित्तको १.५९ प्रतिशत, निर्जीवन बीमा समूहको १.१७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.४८ प्रतिशत, अन्यको ०.८७ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत, जीवन बीमाको ०.८४ प्रतिशत र लगानी समूहको १.४२ प्रतिशत परिसूचक घटेको छ ।

दोहोरो उच्च अंकले घटेको बुधबारको बजारमा ज्योति लाईफ इन्स्योरेन्स सहित चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । ज्योति लाईफ इन्स्योरेन्सको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ प्रतिशत, ग्रिन डेभलपमेण्ट बैंकको ९.९० प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.८० प्रतिशत शेयरमूल्य बढेको हो । 

यो दिन ज्योति लाईफको प्रतिकित्ता रू. ७५ ले बढेर अन्तिम मूल्य रू. ८२६, महिला लघवित्तको प्रतिकित्ता रू. १६० ले बढेर अन्तिम मूल्य रू. १ हजार ७६६, ग्रिन डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. १९ ले बढेर अन्तिम मूल्य रू. २११ र हिमाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १६८ कायम भएको हो । 

यसदिन लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.१७ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१८ ले घटेर अन्तिम मूल्य रू. ३३० कायम भएको हो ।