५ श्रावण २०८३, मंगलवार
,
Latest
डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सरकार गठनको कसरत, प्रदेश प्रमुखले दिए सात दिनको म्याद



परशुराम खापुङ
अ+ अ-

विराटनगर: नेकपा एमालेका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएपछि कोशी प्रदेशको सरकार गठनको नयाँ दौर फेरि सुरु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आफ्नो दाबी पेश गर्न सात दिनको समय दिएका छन् । उनले संविधानको धारा १६८(५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेका हुन् । यस धारा अनुसार प्रदेश सभामा सबैभन्दा बढी सांसदको मत (हस्ताक्षर) ल्याउने व्यक्ति मुख्यमन्त्री हुने प्रावधान छ ।

प्रदेश प्रमुखको सूचनामा भनिएको छ, कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनैपनि सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।

यस व्यवस्था बमोजिम दाबी पेश गरे पनि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ जुन असफल भएमा कोशी प्रदेशमा चुनावको विकल्प रहने छैन ।