२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

सडक विद्युत् पोलको कारण देखाउँदै निर्माण काम सुस्त गतिमा

सडक विद्युत् पोलको कारण देखाउँदै निर्माण काम सुस्त गतिमा
अ अ+ अ-

झलनाथ खनाल ।

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन । 
 
टीकापुर–१ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटीअन्तर्गत निर्माण हुन लागेको छ लेन सडक विद्युत् पोलको कारण देखाउँदै निकै सुस्त गतिमा निर्माण भइरहेको छ । बहुप्रतिक्षित विसं २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको सडक समयावधि सकिँदासमेत आधासमेत निर्माण हुन सकेको छैन । सङ्घीय सरकारको रु २० करोड लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटर छ लेन सडक रमण केएस जेभीले निर्माण गरिरहेको छ । 
 
हालसम्म कम्पनीले सडकमा नाला, कल्भर्ट र वाल निर्माणको काम गरिरहेको छ । समयवधि सकिँदासमेत सडकको बेससमेत नबन्दा स्थानीयवासी आक्रोशित बनेका छन् । सडकको बेससमेत निर्माण नहुँदा सडक धुलाम्मे बन्न पुगेको हो । निर्माण कम्पनीको लापर्वाहीका कारण मुख्य सडक क्षेत्रका बासिन्दाले दिनहुँ धुलो खानुपरेको स्थानीय व्यापारी बताउँछन् । “निर्माण कम्पनीको लापर्वाहीले सडकमा धुलो उडेर हैरान छौँ । अन्य नियमनकारी निकायले पनि व्यवस्था गर्दै आएका छन् ।” स्थानीय व्यापारी हेमन्त रावलले भन्नुभयो, “कोरोनाको भन्दा पनि बढी हामीलाई यो धुलोको समस्या छ, बाहिर राखेको सामानसमेत बिग्रिन्छ, वैशाखको महिनामा हावा चल्दा त स्वास फेर्नसमेत मुस्किल हुने अवस्था छ ।” उहाँले सडकमा पानी नहालेको दिन सामान बाहिर राख्न सकिने अवस्था नरहेको जनाउँदै सडकमा पानी हालेको दिन भने केही राहत हुने गरेको बताउनुभयो । सडकमा पानी हाल्ने काम निर्माण कम्पनी गरेको भए पनि वैशाख महिनाको चर्को घामले सडकमा हालेको पानी केही घण्टामै सुक्ने गरेको छ ।

बाटोमा खाल्डाखुल्डी छन् । कालोपत्रे खनेर ग्राभेल मात्रै राख्दा सडकमा दुर्घटना हुने गरेको छ । टीकापुर नगरपालिकाले निर्माण कम्पनीलाई पटक–पटक बोलाएर निर्माण कार्य तत्काल सम्पन्न गर्न दबाब दिँदै आएको भए पनि कम्पनीले आलटाल गर्दै आइरहेको नगरपालिकाको नगर उपप्रमुख केशरी विष्टले बताउनुभयो । “निर्माण कम्पनीले दुई किलोमिटर सडक बनाउन अनेक बाहाना गर्दै आइरहेको छ, हामीले पटक–पटक बोलाएरै भनेका छौँ ।” उहाँले भन्नुभयो, “सडक डिभिजन कार्यालय, सम्बन्धित इञ्जिनीयर, निर्माण कम्पनीलाई ताकेता गर्दा पनि सडकले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा अन्य विकास निर्माणका कार्यसमेत प्रभावित बन्ने अवस्था आएको छ ।” 

निर्माण कम्पनीले भने सडकखण्डमा पर्ने ३३ केभी प्रसारण लाइन र बन्दाबन्दीका कारण निर्माण प्रभावित बनेको बताउँदै आएको छ । विद्युत्ले प्रसारण लाइनअन्तर्गतका पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । उक्त सडकखण्डमा विद्युत्का १४ वटा पोल परेका छन् । सात  टावर र सात  टिबलर पोल रहेका छन् । यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएका हुन् । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्य भागमा पर्न गएको छ ।
  
निर्माण कम्पनीका इञ्जिनीयर गगन शाहीले विद्युतीय पोल र बन्दाबन्दीका कारण निर्माण कार्य समयमा नसकिएको जानकारी दिनुभयो  “सडकमा पर्ने विद्युतीय पोलका कारण हामीलाई कम्पेक्सन गर्न गाह्रो भएको हो । नौ महिना जति बन्दाबन्दीले काम गर्न सकिएन ।” उहाँले भन्नुभयो, “त्यसकारण केही ढिलो भए पनि हामी चार लाइन कालोपत्रेको काम असारभित्र सक्ने गरी तयारी गरेका छौँ । काम सम्पन्न कहिले हुन्छ त्यो आफूहरुलाई पनि थाहा छैन ।”  उहाँले कम्पनीले सडक निर्माणको म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको जनाउँदै विद्युत् पोल नसारेसम्म काम प्रभावित भइरहने बताउनुभएको छ ।
 
निर्माण कम्पनीले छिटोछरितो काम गर्न खोजेको भए पनि विद्युत् पोल सडक निर्माणमा सबैभन्दा बढी बाँधक बनेको छ भने कम्पनीलाई विद्युत् पोल बाहना हुँदै आएको स्थानीयको आरोपसमेत छ । रासस