२२ असार २०८३, सोमबार
,
Latest
कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भू परिसरको गुम्बा पुन निर्माण सम्पन्न



अ+ अ-

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा) र स्वयम्भूका पूजारी बुद्धाचार्य परिवारका १७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । 

यस कार्यको लागि कर्मराज महाविहार (गुम्बा) का १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले आर्थिक भार ब्यहोर्नुभएको थियो । स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पूजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक सैलीमा निर्माण गरिएको छ ।

पुनर्निर्माण भएको महाविहार (गुम्बा) र घरहरु बैशाख १३ गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताउनुभयो । वि.सं. २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुननिर्माण करिब २ वर्षको अवधिमा सम्पन्न भएको पनि उहाँले बताउनुभयो ।