२२ असार २०८३, सोमबार
,
Latest
विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले भने- ‘फागुन भित्रै स्थानीय चुनाव हुन्छ, तयारीमा लाग्नु’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन आगामी फागुनभित्रै हुने बताउनु भएको छ। बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

‘सो बैठकमा उनले भनेका थिए, फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला ।' सो बैठकमा धारणा राखेका प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले सो जानकारी दिनुभयो । ती नेताले भने स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन्, कुनै पनि हालतमा फागुनभित्रै सो निर्वाचन गर्ने बताउनु भएको छ ।

आजको बैठकले नयाँ स्थायी कमिटी निर्माण गरेको थियो । सो कमिटीमा माधव नेपाल र झलनाथ खनालका पक्षका नेताहरुलाई भने हटाइएको छ ।