काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा ज्यान गुमाउने परिवारका एक जनालाई धरहरामा नै रोजगारी दिने घोषणा गर्नुभएको छ ।
शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहरामा ज्यान गुमाउने परिवारका कम्तिमा पनि एक सदस्यलाई धरहरामा रोजगारीको व्यवस्था मिलाउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘धरहरा ढल्दा बाँचेकालाई सम्मान गर्छौं, ज्यान गुमाउने परिवारका कुनै एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्छौं’, ‘यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं।'
कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा भत्किँदा बाँच्न सफल हुनु भएकी बल्खु काठमाडौंकी रमिला श्रेष्ठलाई खादा ओडाएर सम्मान गर्नुभएको छ ।











