२२ असार २०८३, सोमबार
,
Latest
सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीमा खुल्यो ‘एकएक पाइला’ सामुदायिक अस्पताल



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । काठमाडौं उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाडौंको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । 

स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दात, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, वाल रोल, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य नीजि अस्पताल भन्दा सर्वसुलभ र सस्तोगरी उपचार गरिने एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष डा. सुमन शमशेर थापाले बताउनुभयो । आफुहरुले स्वयमसेवाको रुपमा स्वास्थ्य केन्द्रको स्थापना गरिको भन्दै उहाँले इच्छुक स्वयम्सेवक आएर काम गर्नसक्ने पनि बताउनुभयो ।

२०७२ सालको भूकम्पपछि स्वयमसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सक्रियतामा स्थापना भएको एक एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । यस संस्थाले भूकम्प प्रभावितहरुलाई शिविर सञ्चालन गरेर शुरु गरेको अभियानलाई बिस्तार गर्दै देशका विभिन्न भू–भागमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको थियो ।




भर्खरै