२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

तरकारी बजारमा क्युआर कोड भुक्तानी

तरकारी बजारमा क्युआर कोड भुक्तानी
अ अ+ अ-

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ  ।  वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो । क्युआर सेवा १० वटा तरकारी पसलमा शुरुआत गरिएको छ । यसको विस्तार खोपेगल्ली हँुदै हेटौँडा– १० स्थित सब्जीमण्डीमा पनि गरिने जनाइएको छ ।

सो बैंकले नगद कारोवारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आइरहेको शाखा प्रबन्धक सुदर्शन खतिवडाले जानकारी दिनुभयो । यस क्युआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदा रहेको उहाँको दाबी छ  । 

कोरोना महामारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने उपभोक्ताले प्रतिक्रिया  दिएका छन् । हेटाँैडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ । 

पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो । त्यस्तो अवस्था नआउनका लागि सुरक्षित रहन डिजिटल बैंकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ ।
 
यस प्रणाली नगदरहित कारोवारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको छ र डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोवारलाई थप प्रोत्साहन गर्न बैंकले डिजिटल कारोवारसम्बन्धी सचेतना कार्यक्रमसमेत गर्दै आइरहेको प्रबन्धक खतिवडाले बताउनुभयो ।  रासस