• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसियाली खेलकुद: ब्याडमिन्टनमा नेपालकी रसिला प्रिक्वाटरफाइनलमा



फाईल फोटो

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टन महिला एकल प्रतियोगितामा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनल पुगेकी छिन् ।

मंगोलियाकी खेलाडीलाई सोझो सेटमा पराजित गर्दै रसिलाले अन्तिम १६ मा स्थान बनाएकी हुन् ।

यता नेपाल कै अनुमाया राई भने अगाडि बढ्न सकिनन् । उनी थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा पराजित भएकी हुन् ।

यसअघि एकल पुरुष मा नेपालका दुवै खेलाडी अन्तिम ६२ अर्थात पहिलो चरणबाटै बाहिरिएका थिए। महिला डबल्समा पनि दुवै जोडी अन्तिम ३२ बाटै बाहिरिएका छन्। निता लम्साल र नंशल तामाङको जोडी ताइपेईसँग तथा अनुमाया राई र रसिला महर्जनको जोडी इन्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो।