१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न भयो देश (फोटो फिचर)



अ+ अ-

काठमाडौं । देशका विभिन्न ठाउँमा आएका बाढी, पहिरो र डुवानमा परेर शनिबार मात्रै ९ जनाको मृत्यु भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज पनि भारी वर्षा हुने जनाएको छ । यो क्रम भोलिसम्मै जारी रहने छ ।

शनिबारको बाढी, पहिरो र डुवानका क्रममा नागरिकले पाएका सास्ती ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा बढेको पानीको बहाव । सप्तकोशीमा शनिबार साँझ पानीको बहाव मापन गर्दा तीन लाख तीन हजार ८६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुरक्षाकर्मीले जनाएको छ ।

पहाडी तथा पूर्वका जिल्लामा भएको अविरल वर्षाका कारण सप्तकोशी नदीमा बढेको पानीको बहाव अनुगमन तथा निरीक्षण गर्दै सुरक्षाकर्मी ।

काठमाडौँको तिनकुने, गैरीगाउँस्थित सडकमा वर्षाका कारण पानी जमेपछि सवारीसाधन सञ्चालनमा भएको समस्या ।

दाङको घोराही उपमहानगरपालिका– १८ स्थित रझेनाका स्थानीयवासीको घरभित्र शनिबार पसेको पानीको भल ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पर्ने मध्यपहाडी राजमार्गमा खसेको पहिरो हटाइँदै । मध्यपहाडी सडकखण्डमा पहिरो झरेर बाटो अवरुद्ध भएपछि यात्रुलाई गन्तव्य पुग्न समस्या भएको छ ।

अविरल वर्षापछि सेती नदीमा आएको बाढीले व्यास–१३ बेलवास घर र विद्यालय डुबानमा परेपछि सुरक्षित स्थानमा सामान स्थान्तरण गर्दै सुरक्षाकर्मी । सेती नदीमा आएको बाढी स्थानीय हरिमाया पौडेलको घर,न्यू भिजन बोडिङ स्कुल र सिद्धबेनी माध्यमिक विद्यालयमा पसेपछि सामान सुरक्षित स्थानमा सारिएको हो ।

 

अविरल वर्षापछि तनहुँको व्यास नगरपालिका–३ स्थित सेती नदीमा उर्लिएको बाढी ।

काठमाडौँको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिकैबाट लिएको विष्णुमती नदीमा आएको बाढी दृश्य ।

राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–१२ शीतलपुरको पुलमुनि बबई नदीमा बढेको पानीको बहाव ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्य गरिँदै । पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

 

तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मा शनिबार म्याग्दे खोलाको बहाव बढ्दा डुबानमा परेको क्षेत्र । अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्र डुबानमा परेको छ ।

दाङको घोराही उपमहानगरपालिका-५ बसन्तापुरको बस्तीमा पसेको बबई नदीको बाढी । बस्ती डुबान हुँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत ।

तस्बिरहरु : रासस