२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले क्रिकेट टोलीलाई बधाई दिन त बिर्सेन तर पुरस्कार दिन बिर्सियो – सांसद शाह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले राष्ट्रिय क्रिकेट टोलीलाई दिइने भनेर घोषणा गरिएको पुरस्कार उनीहरुले नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

जारी प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले नेता तथा सरकारले आज एसियाडमा भारतविरुद्ध राम्रो प्रदर्शन गरेकामा क्रिकेट टोलीलाई बधाई दिन नबिर्सेको तर घोषणा गरेको पुरस्कार भने दिन बिर्सिएको भन्दै सरकारको आलोचना गरे ।

उनले भने ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज एसियाडमा भारतविरुद्ध राम्रो प्रदर्शन गरेको छ । बधाई दिन त कसैले बिर्सिएनन् होला । नेता र सरकारले पनि बधाई दियो होला । तर, पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा उठाउन मलाई लाज लागिसकेको छ ।’

उनले अगाडि भने ‘खेलाडीहरुले लिग जित्दै गए सरकारले पुरस्कार घोषणा गर्दै गयो । उनीहरुले पाउनुपर्ने रकम १७ लाख पुगिसक्दा २ रुपैया पनि पाउन सकेका छैनन् । खेल खेल्न जानुस् फर्किँदा खातामा पैसा आउँछ भनेर प्रधानमन्त्रीले बोल्नुभो तर भुक्तानीको कुनै सुरसार छैन । दलाल, बिचौलिया र ठेकदारको कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला, ब्ल्यांक डेटमा चेक बन्थ्यो होला, खेलाडीलाई झुटो आश्वासनमा झुलाइएको छ । जितेर आएकाको त यो हाल छ भने जित्नका लागि सिक्दै गरेका हरुको हालत के होला ?’