२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आर्थिक वर्षमा सचिव, सहसचिवसहित २१५ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १ सचिव र १० सहसचिवसहित २ सय १५ अधिकृतस्तरका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष ०७९/८० मा एक सचिव, १० सहसचिव, ५८ उपसचिव र एक सय ४६ शाखा अधिकृतलाई प्रतिवादी बनाएर विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा ५ जना सहसचिव, १२ जना उपसचिव र १७ जना शाखा अधिकृतविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ । यस्तै १ सहसचिव, २ उपसचिव र ६ जना शाखा अधिकृतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा अभियोग दायर भएको छ ।

घुस रिसवतमा १३ जना शाखा अधिकृतसहित १ जना उपसचिवविरुद्ध अभियोग लागेको अख्तियारले जनाएको छ । गैरकानूनी लाभहानीमा २ जना सहसचिव, ३० जना उपसचिव र ९१ जना शाखा अधिकृत परेका छन् ।

यस्तै, एक सय १० नायब सुब्बा, ३० जना खरिदारविरुद्ध पनि अभियोग दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यसबाहेक निर्वाचित र मनोनीत गरी कूल २०९ जनप्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले जारी गरेको तथ्यांकमा गत आर्थिक वर्षमा एक सय ६२ वटा मुद्दा दायर भएकामा ६ सय २२ पुरुष, एक सय ३८ महिला र ६ संस्था प्रतिवादी रहेका छन् । यस्तै, सबैभन्दा बढी गैरकानूनी लाभ वा हानीमा ३ सय ६३ पुरुष र ७६ महिला तथा सार्वजनिक हानी नोक्सानीमा एक सय १४ पुरुष र ३७ महिला प्रतिवादी रहेका अख्तियारले जनाएको छ ।