९ भाद्र २०८३, मंगलवार
,
Latest
वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनसँग कुन खानेकुरा मिसाएर खाँदा विषादी सरह हुन्छ, जानी राख्नुहोस्



अ+ अ-

काठमाडौं । मानिसहरु आफूलाई मनपर्ने खानेकुरा जति बेला पनि खाने गर्छन् । तर कतिपय खानेकुरा एक आपसमा मिश्रित हुँदा स्वास्थ्यमा गम्भिर असर देखा पर्दछ । आफ्ना घरमा भएका खाने कुरा मिलाएर खान खाए अमृत हुने नजाने विष सावित हुने चिकित्सक बताउँछन् । आज हामी कुन खाने कुरा कुनसँग मिलाएर खान हुँदैन भन्ने बारे जानकारी दिनेछौँ ।

१) पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग नखाँदा राम्रो हुन्छ ।घ्यु र मह बराबर मात्रामा मिसाएर कहिल्यै पनि खानु हुँदैन ।

२) खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा निकै घातक हुन्छ । तत्कालै ज्यान समेत जान सक्ने खतरा भएकाले खरबुजा र हाँसको अण्डा खानु हुँदैन ।

३) दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु घातक मानिन्छ । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

४) दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।

५) घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।

६) मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैंमा तताएर पनि खानु हुँदैन ।

७) तेल तथा घ्यूमा बेसार फ्राइ गरी पकाइएका परिकारले विभिन्न रोग निम्त्याउने गर्छ ।

८) मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक मानिन्छ । मुला र दुध एकसाथ खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

९) माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

१०) काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ । (एजेन्सीको सहयोगमा)




भर्खरै