• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

अनमोललाई लक्षित गर्दै प्रदीप खड्काले भने– बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न पाइँदैन



काठमाडौं । नायक प्रदीप खड्काले अनमोल केसीलाई लक्षित गर्दै बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न नमिल्ने टिप्पणी गरेका छन् ।

निर्माता/निर्देशक सुदर्शन थापाले पैसा लिगेर फिल्म खेल्न नमानेको भन्दै अनमोलविरुद्ध मुद्दा हालेपछि प्रदीपले विवाहको उदाहरण दिँदै उक्त टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, “विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।”

अनमोलले ‘रावायण’ फिल्मको लागि निर्माताबाट १० लाख रूपैयाँ अग्रीमरूपमा लिएका थिए । तर उनले पछि फिल्म खेल्न नचाहेपछि सो रकम फिर्ता गर्न खोजेका थिए । उनले एड्भान्स फिर्ता गर्न खोजेपनि निर्देशक थापाले लिन मानेका थिएनन् । सोहि कुरालाई ‘दाइजो’ सँग तुलना गर्दै प्रदीपले भनेका छन्, “वुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफुले जिते सम्झेर रमाउन त सक्लाउ, एक तिर उन्नत समाजले सामान्य मानेर दुलही स्विकार्न पनि समस्या नहोला तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको ईच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ। खैर! चाहे १ दिन होस् वा १ दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानुनले दिलाउने पनि तेहि नै हो।”

यस्तै, सोहि कुरामा प्रदीपले विश्व चर्चित मेस्सी र कोहलीको समेत उदाहरण दिन भ्याएका छन् । “चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ”, उनले भनेका छन् ।