६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ: मन्त्री देवी



अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोशिस भइरहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै दर्ता गर्ने कोशिस भइरहेको बताउनुभएको हो । उहाँले चालु अधिवेशनमै विधेयक दर्ता हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले क्रसर व्यवसायीहरुको मागप्रति सरकार चिन्तित भएको भन्दै समस्या समाधानको पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी पनि उद्योगी, व्यवसायीहरुसँग चिन्तित छौँ । उहाँहरुले लगानी लगाएर बस्नुभएको छ । उहाँहरुको उद्योग बन्द गर्दा हाम्रै युवा दाजुभाईहरु त्यही गिट्टी, बालुवा उठाउन खाँडी मुलुकमा पुगेको छ । यहाँ पनि काम गथ्र्यो नि त । त्यसमा सरकार चिन्तित छ । हामी पनि चिन्तित छौँ । कतिपय त्यतिखेर उद्योगी, व्यवसायीहरुले आफ्नो प्रक्रिया पुर्‍याएर, मापदण्ड पुर्‍याएर अहिलेपनि कतिपयको सुचारु अवस्थामा छ ।

कतिपय एउटा दर्ता छ, चारवटासम्म अनाधिकृत रुपमा चलाइराख्नुभएको छ । कुन ठाउँमा कतिवटा उद्योग खोलेको छ, उहाँहरुले पनि यकिन डाटा राखे सजिलो हुन्थ्यो । सरकारसँग पनि त्यसको यकिन डाटा छैन । कति दर्ता छ, कति अनाधिकृत छ भनेर । यस अधिवेशनमा भएपनि मन्त्रिपरिषद्बाट सदन लग्ने हामीले कोशिसमा लागि परेको छौँ । हुन्छ जस्तो पनि लाग्छ ।’

मन्त्री देवीले के–कति क्रसर उद्योगहरु आधिकारिक र अनाधिकृत रुपमा चलिरहेको छन् भन्ने तथ्यांक समेत सरकारसँग नभएको बताउनु भयो ।