७ भाद्र २०८३, आईतवार
,
Latest
पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।

हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, समिर गुरुङ, संगिन भट्टराई र साहस भण्डारी रहेका छन् ।

नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए । जसमा हङकङ शीर्ष स्थानमा रहँदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेको हो ।

अब चार समूहबाट आएका शीर्ष दुई–दुई टिम गरी आठ टिमबीच दुई समूहमा सेमिफाइनल हुनेछ । सेमिफाइनलका दुवै समूहमा चार–चार टिम हुनेछन् ।

चार–चार टिम मध्ये समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टिमलाई मेडल प्रदान गरिनेछ ।

नेपालले भोलि शनिबार हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ भने पर्सी आइतबार हुने फाइनलमा शीर्ष तीन भित्र पर्न सके नेपालले एसियाली खेलकुदमा पदक हात पार्नेछ ।