२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।

हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, समिर गुरुङ, संगिन भट्टराई र साहस भण्डारी रहेका छन् ।

नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए । जसमा हङकङ शीर्ष स्थानमा रहँदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेको हो ।

अब चार समूहबाट आएका शीर्ष दुई–दुई टिम गरी आठ टिमबीच दुई समूहमा सेमिफाइनल हुनेछ । सेमिफाइनलका दुवै समूहमा चार–चार टिम हुनेछन् ।

चार–चार टिम मध्ये समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टिमलाई मेडल प्रदान गरिनेछ ।

नेपालले भोलि शनिबार हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ भने पर्सी आइतबार हुने फाइनलमा शीर्ष तीन भित्र पर्न सके नेपालले एसियाली खेलकुदमा पदक हात पार्नेछ ।