२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले फलानालाई भोट दिनुस् भनेको छैन– ओली



अ+ अ-

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको बताउनुभएको छ ।

कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न शुक्रबार विराटनगर आइपुग्नुभएका ओलीले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो ।

केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको उहाँको भनाइ थियो । “न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ”, उहाँले भन्नुभयो ।

आफूले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको ओलीले बताउनुभयो ।