२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा छौँ: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रियस्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपलाई मुख्य प्रवाहमा ल्याएर ती क्षेत्रहरूलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले जनस्वास्थ्य पशुचिकित्सकहरूको भुमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुने पनि बताउनु भयो । उहाँले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको पनि बतउनु भयो । उहाँले नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो उच्च समय हो कि, हामीले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपहरूलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत र मुख्य प्रवाहमा ल्याउने छ । ती क्षेत्रहरूलाई अझ बलियो बनाउन सकिन्छ । हाल, अति कम विकसित देशहरू स्वस्थ जनसंख्या वृद्धि गर्न खाद्य सुरक्षा मापदण्डहरू पूरा गर्न कडा संघर्ष गरिरहेका छन् । जनस्वास्थ्य पशुचिकित्सकहरूको भुमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुनसक्छ ।

हामीले यस उद्देश्यका लागि पर्याप्त नियामक फ्रेमवर्कहरू निर्माण गर्नुपर्छ भन्ने मैले बुझेको छु । हामी नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा छौं । नेपाल सरकारले जुनोटिक र अन्य संक्रामक रोगहरूको नियन्त्रण र खाद्य सुरक्षाका समस्याहरूमार्फत जनस्वास्थ्यको सुरक्षाका लागि पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्वपूर्ण छन् भनी महशुस गरेको छ । यस्तो अवस्थामा हामी नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिवद्ध छौं ।’

गृहमन्त्री श्रेष्ठले सरकारले जुनोटिक र अन्य संक्रामक रोगहरूको नियन्त्रण गर्न र जनस्वास्थ्यको सुरक्षाका गर्न पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्वपूर्ण रहेको बताउनु भयो ।