२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

आज मनमोहन अधिकारीको २२ औं स्मृति दिवस, शालिकलाई माल्यार्पण

आज मनमोहन अधिकारीको २२ औं स्मृति दिवस, शालिकलाई माल्यार्पण
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनका शिखर पुरुष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस । नेकपा (एमाले)का संस्थापक अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री अधिकारीको स्मृतिमा यस वर्ष औपचारिक कार्यक्रम गरी मनाउन नसकिएपनि उहाँको सम्झनामा विभिन्न व्यक्तित्वहरुले काठमाडौंको सानेपामा पुगेर उहाँको शालिकमा माल्यार्पण गरेका छन् । 

मनमोहन स्मृति प्रतिष्ठान र नेकपा एमालेले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आएपनि यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण कुनै औपचारीक कार्यक्रमको आयोजना भएन् । २०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफै बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरु शुरु गरेको थियो । अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले स्मरण गरिरहेका छन् ।

वि.सं. १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मनु भएका अधिकारी सरल, शालीन र सादगी जीवन विताउने नेताको रुपमा पनि चिनिनुहुन्छ । स्वर्गीय अधिकारीले स्थापित गर्नुभएका आदर्श, सिद्धान्त र मूल्य मान्यता अहिले पनि अनुकरणीय र सान्दििर्भक रहेको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो ।