२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

लकडाउन यसरी छोंटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे

लकडाउन यसरी छोंटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे
अ अ+ अ-

काठमाडौं । कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ । महामारीको कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ । आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ । हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन ।

हरेक समस्याको समाधान हुन्छ । समाधान रुखबाट झर्दैन यसको लागि मनैदेखि लाग्नुपर्दछ । सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत  लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने र गर्ने गर्थ्यौं ।  एक वर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौं ।  

नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही र सरकारको मापदण्ड पालना गराउन गृह मन्त्रालयलाई सक्रिय नगर्नुको कारण हो । सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ गर्ने देश संसारमा हाम्रो मात्रै होला ।

अब हामीसँग विकल्प साँघुरा हुँदैछन्  । आम नागरिकको जीवनभन्दा ठूलो केहि हुँदैन, त्यो पर्नेलाई थाहा हुन्छ । १५ दिन पहिले गर्नुपर्ने लकडाउन अब हुँदैछ । गतसालको जस्तो कर्मकाण्डी लकडाउन गर्ने हो भने यसको कुनै अर्थ छैन । लकडाउन गर्नु परे उल्लेखित मोडेलमा गरौँ अन्यथा भारतका धनाढ्यले जहाज चार्टर गरेर विदेश भागेझैं गाउँतिर लागौं ।

१)  २-३ दिनको समय दिएर आफ्नो घर जाने वातावरण तयार गर्नुपर्छ ।

२) लकडाउन केवल ३ हप्ता गर्नुपर्छ । २० दिन पनि हैन, २२ दिन पनि हैन ।

३) ३ हप्ता भित्री बस्ती, गल्ली, चोक, बजार सबैतिर ब्यापक प्रहरी परिचालन गर्ने, माइकिंग गर्ने, पर्चा छर्ने, लापरबाही गर्नेलाई जरिवाना गर्ने काम ब्यापक गर्नुपर्दछ । त्यो ३ हप्ताको नेतृत्व गृह मन्त्रालयले लिनुपर्दछ । 

४) स्वास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा ब्यापक रुपमा फराकिलो गर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आइसीयु थप्ने, अक्सिजन बेड थप्ने, आइसीयु तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने, आइसोलेसन केन्द्र थप्ने लगायतका काम गर्नुपर्दछ  ।

५) सुचना तथा संचार र शिक्षा मन्त्रालयले जनाचेताको लागि कार्यक्रम उत्पादन तथा प्रसारण र प्रकाशन गर्ने ।

६) परराष्ट्र मन्त्रालयले खोपको लागि चीन, रुस, कोभ्याक्ससंग कुटनैतिक पहल गर्ने तथा भारत लगायत देशमा फसेका नेपालीको उपचार र उद्दारको लागि पहल गर्ने गर्नुपर्दछ ।

७) मेडियाले खाली सडक र बन्द सटर देखाउने होइन, भित्री बस्ती र गल्ली र चोक आदिमा आवतजावत कस्तो छ रु प्रहरी परिचालन कस्तो छ रु त्यसको निगरानी राख्ने ।

८) सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय गरेर काम गर्ने ।

९) सिमानाका पूर्ण रुपमा शिल गर्नुपर्दछ ।

१०) आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, सामान किन्न निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भीडभाड नगर्ने गर्नुपर्दछ ।

११) सामाजिक संस्था, टोल सुधार समिति, क्लब, वडा आदिले आफ्नो क्षेत्रमा अनुगमन र जनचेतना फैलाउने काम गर्नुपर्दछ ।

१२) यसो गरेमा ३ हप्तामा संक्रमित कि घरमै ठिक हुन्छन् , कि अस्पताल जान्छन् । तर समुदायमा संक्रमण सार्न सक्दैनन् । यो कडाइले अहिलेसम्मको संक्रमण सेटल हुन्छ । ३ हप्तापछि आवतजावत नियमन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, दण्ड जरिवानाको ब्यबस्था गर्ने तथा कडाइलाई कायम गर्ने गर्नुपर्दछ ।

यो पटकको लकडाउन छोंटो, कडा र परिणाममुखी बनाउन सबैले हातेमालो गरौँ । यसपटकको प्रजाति निकै संक्रामक र घातक छ । १ जनाले पनि नजरअन्दाज नगरौं ।