२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

पेस्डान ब्याडमिन्टनमा विद्युत च्याम्पियन

पेस्डान ब्याडमिन्टनमा विद्युत च्याम्पियन
अ अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनमा सोमबार च्याम्पियन बनेको छ । विद्युत ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा मुक्तिनाथ विकास बैंक १ स्वर्णसाथ दोश्रो भयो । १ रजत र १ कांस्य जितेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड तेश्रो स्थानमा रह्यो । प्रतियोगितामा ६ स्पर्धा समावेश गरिएपनि आयोजक पेस्डानको आन्तरिक प्रतिस्पर्धाको पदक संख्या गणना गरिएको  छैन ।

अन्तिम दिन ६ वटै स्पर्धाका फाइनल सम्पन्न भए । पुरुष सिंगल्समा विद्युतका टेकबहादुर बुढा पहिलो भए । फाइनलमा उनले जनक शिक्षाका रामविनय श्रेष्ठलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि विद्युतकी यमकुमारी गुरुङले चुमिन् । फाइनलमा यमले काठमाडौं उपत्यका खानेपानी लिमिटेडकी प्रतिज्ञा थापालाई २१–१२ र २१–७ को सीधा सेटमा हराइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा मुक्तिनाथका थानेश्वर अर्याल र प्रेम थापाको जोडीले फाइनलमा विद्युतका राजु महर्जन र लोकेन्द्रबहादुर साउदको जोडीलाई सोझो सेटमा २१–१२ र २१–१८ ले पाखा लगाउदै स्वर्ण हात पारे । सोही स्पर्धाको महिला फाइनलमा विद्युतका यमकुमारी गुरुङ र सानुमाया ठकुरीको जोडीले विद्युतकै दावा लामा र अन्जना रोक्काको जोडीलाई २१–१८ र २१–६ ले पन्छ्याउदै पहिलो भए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले विद्युतकै उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीमाथि २१–१४ र २१–१९ को जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । पेस्डान पुरुष डबल्समा प्रदीपमान बासी र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो तथा राजु रानाभाट र रमेश कुँवरको जोडी दोश्रो  भए । राजेश महत र रामबहादुर कुँवरको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।

विजेतालाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पेस्डानको स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको थियो । कुल १ लाख २२ हजार नगद पुरस्कार वितरण गरिएको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् ।