२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ ।

एकीकृत समाजवादीले यहीँ असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो ।

असोज १४ गते काँकडभिट्टाको मेची नदि किनाराबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिव १ हजार किलोमिटर यात्रा हुने बताइएको छ । यस बीचमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताउनु भयो । उहाँले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिनुभयो ।

त्यस्तै आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशन अघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समृद्धि र समाजवादको आजको चरणको ठोस कार्यक्रम के हुनसक्छ ? भन्ने बारेमा हामीले दुनियाँलाई यो कुरा बताउने । त्यस अर्थमा हाम्रा एजेण्डाहरु राष्ट्रलाई सुनाउने, यो महाधिवेशन अगाडी नै हामी पूर्वदेखि पश्चिम गएर आफ्ना कुराहरु राख्ने । त्यसमा जनताको, बौद्धिक जमातको र अरु तमाम क्षेत्रको सुझावहरु समेत लिएर अझ स्पष्टताका साथ आउने महाधिवेशनमा जानका लागि पहलकदमी लिएका छौँ । त्यही पहलकदमी यो अभियान हो । यसमा हाम्रो धेरै प्रष्ट कुरा छ, हाम्रो जस्ता मुलुकहरुको सबभन्दा ठूलो समस्या बेरोजगारी हो । विकासका अरु तमाम कुरा गरेर यदी बेरोजगारीलाई समाधान गर्ने, त्यो समस्यालाई हल गर्ने ठोस कार्यक्रम भएन । त्यस अनुकुल कृषिमा हस्तक्षेप गरिएन । उद्योगमा हस्तक्षेप गर्न सकिएन ।

त्यस अनुकुलको पूर्वाधार निर्माण गर्न सकिएन । अरु उत्पादनको क्षेत्रहरु निर्माण गर्न सकिएन । सुशासन, स्वास्थ्य, शिक्षा जस्ता कुराहरुमा त्यस अनुकुल नै हाम्राजस्ता मुलुकहरुले कसरी बेरोजगारी उन्मुलन गर्छ, गरिबी उन्मुलन गर्छ भन्ने ठोस कार्यक्रम भएन भने हामी फेरि राजनीतिको गोलचक्करमा फस्छौँ । भुमरीमा फस्छौँ । यसले गर्दा अब दुनियाँका सामु यो कुरा प्रष्ट भनेर जानुपर्छ । साथसाथै हाम्रो जस्तो मुलुकका लागि भुराजनीतिक दबाब झेल्दै सबै राष्ट्रहरुसँग समानताका आधारमा र आपसी हितका आधारमा सम्बन्धहरुलाई बिस्तार गर्दै राष्ट्रको पहिचान र प्रगतिलाई अगाडी बढाउनका लागि कस्तो विदेश नीति चाहिन्छ भन्ने बारेमा समेत हामीले आफुले बोल्नुपर्ने भएको छ । प्रष्ट कुरा राख्नुपर्ने भएको छ । हिजो हामीले दिशा बताएका थियौँ । अब हामी बाटो बताउन जादैँछौँ ।’

उहाँले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताउनु भयो । उहाँले यस अभियानका क्रममा आफूहरुले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गर्नुभयो ।