१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का
अ अ+ अ-

कर्णाली : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताउनुभएको छ ।

गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।”

उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उहाँको भनाइ थियो ।

कर्णालीको जल, जडीबुटी र कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउन र यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने हिसाबले काम भइरहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचन अवधिमा फरक दल भए पनि कर्णालीको विकास र समृद्धिको पक्षमा सबै जनप्रतिनिधिको एकमत रहेको उहाँले जनाउनुभयो ।

उहाँले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मुलुकको पूर्वाधार तथा ऊर्जा विकासका क्षेत्रमा महत्वपूर्ण सम्झौता गरेको बताउनुभयो । उहाँका अनुसार सुशासन एवं जनमैत्री शासन व्यवस्थाको प्रत्याभूति जनतालाई गराउने खालका सुशासनसँग सम्बन्धित कार्ययोजना सार्वजनिक गरिनेछ । कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको भन्दै उहाँले यहाँका जनताको खुसी र समृद्धिका लागि सबैदल एक हुनुको विकल्प नभएको धारणा राख्नुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आयोजनाको कार्यालय स्थापना हुनुमा कार्यवाहक प्रधानमन्त्रीको विशेष योगदान रहेको बताउनुभयो । जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको विकासले कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने भनाइ राख्नुभयो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आयोजनाको अलग्गै कार्यालय हुनुले काममा छरितोपन आउने र पर्यटन विकासमा पनि सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।रासस