काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखी खाद्य समाग्रीका पसलबाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय गरेको छ । सोमबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा आदेशमा वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य समाग्रीका पसलबाहेक अन्य सबै पसल बन्द रहने निर्णय गरेको हो ।
कोभिड–१९ का लागि जारी आदेश अनुसार खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म न्युनतम २ मिटरको भौतिक दुरी कायम गरी सञ्चालन गनुपर्ने जनाएको छ ।
यस्तै डिपार्डमेन्ट स्टोर विहान १० वजेदेखि बेलुका पाँच वजेसम्म सञ्चलन गर्दै नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्नुपर्ने आदेशमा उल्लेख छ ।











