१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान , बुद्धिमानलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गर्नुभएको छ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) निमन्त्रणामा दोहामा हुने विविध कार्यक्रममा सहभागी हुन बुधबार अध्यक्ष लिङ्देन कतारतर्फ प्रस्थान गर्नुभएको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँको विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम छ । साथै नेपाली श्रमिकको समस्याबारे जानकारी लिने, राजदुतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्ने साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने श्रेष्ठले जानकारी दिनुभयाे ।

अध्यक्ष लिङदेन नेतृत्वको कतार भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी हुनुहुन्छ ।

कतार भ्रमणमा जानुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु भएको छ । लिङ्देन असोज १३ गते फर्कने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।