२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

दल त्यागको कारवाही वडासम्मै

दल त्यागको कारवाही वडासम्मै
अ अ+ अ-

सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो ।

गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माअ‍ेवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी (नेकपा एमाले) मा लागेको भन्दै पार्टी वडाध्यक्ष थापा र सदस्य महतारालाई कारवाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको हो । “लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा उहाँहरु आउनुभएको छैन”, अध्यक्ष पुनले भन्नुभयो, “पार्टीको सम्पर्कमा नआएपछि हामीले पटक–पटक पठाएको स्पष्टीकरणसमेतको जवाफ नदिएपछि बाध्य भएर पार्टीले यस्तो निर्णय गर्नुपरेको हो ।”

अध्यक्ष पुनका अनुसार बैठकले पार्टीको राज्य कमिटी सदस्य धन्जे दमाई ‘सङ्कलन’ सहित तीनै जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गर्न सिफारिस गरेको हो । माओवादी केन्द्रले कारवाहीका लागि सिफारिस गरेका ‘सङ्कलन’ पार्टीका राज्य समिति सदस्य हुन् भने थापा र महतारा पार्टीको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।

पार्टीमै पुनरावेदन गर्छौँः वडाध्यक्ष थापा

वडाध्यक्ष थापाले आफूमाथि कारवाही गर्ने निर्णयको पार्टीभित्रै पुनरावेदन गर्ने प्रतिक्रिया दिनुभयो । पार्टीले कारवाहीका लागि गरेको सिफारिसका बारेमा जानकारी नपाएका वडाध्यक्ष थापाले भन्नुभयो, “म विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको टिकटबाट निर्वाचित भएको हुँ, पछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा आबद्ध भएँ, त्यसपछि अहिलेसम्म म अन्य कुनै पार्टीमा आबद्ध छैन, तर पूर्वाग्राही ढङ्गले कारवाही गरे म पार्टीभित्रै न्याय खोज्छु ।”

पार्टीभित्रकै केही व्यक्तिले आफूमाथि भौतिक आक्रमण गर्नेविरुद्ध कारवाहीको माग गर्दा कुनै सुनुवाइ नभएपछि पछिल्लो समयमा पार्टीको सम्पर्कमा नगएको उहाँले बताउनुभयो । उहाँले अर्को पार्टीमा लागेको भन्ने आरोप सही नभएको प्रतिक्रिया दिनुभयो । “माओवादी केन्द्रको बाहेक हामी (म र वडा सदस्य वर्ष महतारा)सँग नेकपाको समेत सदस्य लगेको रसिद छैन”, उहाँले भन्नुभयो, “अन्य पार्टी लागेको भन्ने आरोप केवल व्यक्तिगत रिसइबीबाहेक अरु केही होइन । त्यसमा पार्टीले हामीलाई न्याय गर्नेछ ।” वडाध्यक्ष थापा मोओवादी केन्द्रकै स्थानीय नेताद्वारा यसअघि दुईपटक कुटिनुभएको थियो ।