२२ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन कार्यक्रमः आज उपहार घोषणा गरिने नेपाल गुणस्तर परिषद्को बैठकः विभिन्न गुणस्तर मापदण्ड स्वीकृत आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह प्रतिनिधिसभाको बैठक बस्दै उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकलाई पिट्ने इन्स्पेक्टर श्रेष्ठको निलम्वन सिफारिस



अ+ अ-

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चिकित्सकलाई पिटेर आएँ भन्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) मदन श्रेष्ठलाई निलम्बनको सिफारिस गरेको छ ।

जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा उनीमाथि चिकित्सकहरुलाई साफ चुटेर आएँ भन्दै भीडलाई उक्साएको आरोप लागेको थियो ।

श्रेष्ठमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ । सोमबार मणिपाल अस्पतालमा उपचारचार ५७ वर्षीया सुकमाया दुराको निधन भएपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो ।

चिकित्सकमाथि हातपात भएको भन्दै अहिले चिकित्सकहरु आन्दोलित छन् । यसबाट मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । चिकित्सकहरुले आफूहरुको मनोबल गिरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।