५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन बोर्डभित्रका खुम्लेकिराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन्: मन्त्री किराँती



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गर्नुभएको छ ।

बुधवार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताउनुभएको हो ।

उहाँले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले कालोसूचिलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस भइरहेको बताउनु भयो । उहाँले निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि बताउनु भयो । उहाँले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको आकाशको कालोसूचिलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदमहरु हामीले उठाइसकेका छाँै । हामी छिटै परिणाममा पुग्नेछौँ । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस गरिरहेका छौँ । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौँ । पर्यटनको निम्ति जहाज हो, जुन देश समुन्द्रसँग जोडिएको छैन, त्यो देशको जहाज मेरुदण्ड हो । हामीले ताप्लेजुङमा फलेको किभीलाई हाम्रो जहाजले विराटनगरमा झारेर विराटनगरबाट काठमाडौं ट्रान्जिट गरेर दुबई किन नपठाउने ? हामीले बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छाँै ।’

‘जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढंगले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढंगले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको भ जोडिने छैन । देशभक्त हुन के ठिक र के बेठिक हो भन्ने छुट्याउनुपर्ने बेला भएको छ । हामीले हाम्रो देशको ऐनलाई सच्याउन आवश्यक छ । यो पनि हाम्रो चुनौति हो । हामीले अहिलेसम्म हाम्रो देशमा संस्कृति ऐन बनाउन सकेका छैनौँ । हामीले ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौँ । पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुनत त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्नेछौँ ।’

पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको बताउनु भयो ।