२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

प्रदेश सरकारले उच्चशिक्षा ऐन ल्याउँदै

प्रदेश सरकारले उच्चशिक्षा ऐन ल्याउँदै
अ अ+ अ-

वाग्मती । वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताउनुभयो ।

ऐनमा खुला विश्वविद्यालयदेखि हरेक जिल्लामा एउटा विश्वविद्यालय खोल्न सकिने प्रावधानसमेत समेटिने जनाइएको छ । “अब डेस्क, बेञ्च मात्रै होइन, कुनै पनि प्रकारका भौतिक संरचनाको कमी छैन, यस्तो अवस्थामा शिक्षाको गुणस्तर वृद्धिमा लाग्ने हो”, उहाँले भन्नुभयो ।

पौडेलले हेटौंँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत नर्स, हेल्थ असिस्टेन्ट तथा चिकित्सक उत्पादन गर्ने गरी अध्यापन प्रारम्भ हुने क्रममा रहेको बताउँदै भुटनदेवी विद्यालयमा इञ्जिनीयरिङको स्नातक कक्षा सञ्चालनमा सहयोग गरिने जानकारी सोमबार दिनुभयो ।  मुख्यमन्त्री पौडेलले देशको शैक्षिक आन्दोलनको शुरुआती क्षण स्मरण गर्दै भुटनदेवी माविबाट आफूसहित ९९ शिक्षक मिलेर शुरु भएको शैक्षिक आन्दोलनले आज शिक्षक सङ्गठनको रूप लिएको बताउनुभयो ।

‘इसिइडी’ शिक्षकलाईः  आठ हजार थप

उपमहानगरपालिकाले बालविकास केन्द्र ९इसिइडी०मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ । उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक रु सात हजार ४४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक रु छ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । 

इसिइडी शिक्षकको पारिश्रमिक अत्यन्तै न्यून भएकाले उपमहानगरपालिकाका तर्फबाट रकम थप गरिएको प्रमुख हरिबहादुर महतले बताउनुभयो । समुदायस्तरमा बालबालिकाको विकास र प्रवद्र्धनका लागि प्रारम्भिक बालविकास केन्द्रअन्तर्गत हाल कार्यरत शिक्षक÷ सहजकर्तालाई प्रदान गरिँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी श्रम ऐनको प्रावधानबमोजिम मासिक रु १३ हजार ४५० पुर्याइएको उहाँको भनाइ थियो । उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत छन् । उनीहरुले आगामी जेठ १ गतेदेखि थपिएको तलब पाउने जनाइएको छ ।