• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अन्तर्राष्ट्रिय टी–२० मा नेपालको विश्व कीर्तिमानहरू: दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए



काठमाडौँ । एसियाली खेलकुदमा आज नेपालले पहिलो खेलमा मङगोलियासित कीर्तिमानी जित हात पार्यो । नेपालले मङ्गोलियालाई दुई सय ७३ फराकिलो रनले पराजित गर्यो । यहि खेलमार्फत नेपाली टीमले विभिन्न विश्व कीर्तिमान राखेको छ ।

कमजोर टीम मङ्गोलियाविरुद्ध नेपालले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो। अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनैपनि टीमले ३०० रन बनाउन सकेका छैनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाएको थियो ।

यस्तै, नेपालले मंगलोलियाविरुद्ध हासिल गरेको २७३ रनको फराकिलो जित पनि टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनले जित हासिल गरेको थियो ।

त्यसैगरी, नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक बनाए । यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। दीपेन्द्रले एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का प्रहार गरे । उनले नौ बलमा लगातार ६ छक्का, त्यसपछि दुई रन र पछि फेरी दुई छक्का प्रहार गरे । यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए । उनले भने एकैै ओभरमा लगातार ६ छक्का हानेका थिए ।

नेपालले आज सर्वाधिक छक्काको कीर्तिमान पनि बनाएको छ । आजको खेलमा नेपालले २६ छक्का प्रहार गरेको छ । जुन टी–२०मा हालसम्मकै सर्वाधिक छक्का हो । जसमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र कप्तान रोहित पौडेलले ६ छक्का प्रहार गरे । यसअघि टी–२०मा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । जसमा अफगानिस्तान र वेस्ट इन्डिजले समान २२ छक्का हानेका थिए ।

यस्तै, नेपालले तेस्रो नम्बरको ब्याट्सम्यानको सर्वाधिक रनको विश्वकीर्तिमानी पनि बनाएको छ । तेस्रो नम्बरमा आएका बुशल मल्लले १३७ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यानले हालसम्म यति धेरै रन बनाउन सकेका छैनन् । यसअघि न्यूजिल्यान्डका ब्रान्डेम म्याकुलमले बंगलादेशविरुद्ध सन् २०१२ मा १२३ रनको इनिङ खेलेका थिए ।