६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेश अधिवेशन : निर्वाचनको प्रक्रिया सुरू



अ+ अ-

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरू भएको छ ।

आज बिहान मतदाताहरुको नामावली प्रकाशित गरिएको छ । उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

उम्मेदवारहरुलाई बिहान ११: ३० बजेदेखि फारम वितरण गरिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा अधिवेशनका प्रतिनिधिहरू समूह बनाएर आ आफ्नो जिल्ला र क्लस्टरमा सहमतिको प्रयास पनि गरिरहेका छन् । मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।