४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पायल्सलाई असर गर्ने यी ५ किसिमका खाना कहिलै नखानुस्



अ+ अ-

भक्तपुर । पायल्सको समस्या धेरै मानिसहरुमा हुनेगर्छ । यस समस्यालाई हामीले गर्ने खानपानले पनि असर पुर्याइ रहेको हुन्छ । त्यसैले पायल्सबाट बच्नको लागि खानपानमा ध्यान दिनु निकै जरुरी हुन्छ । यस समस्याले सताएको समयमा कस्ता खानेकुरा नखाने भन्ने कुरा बुजिरख्नु निकै जरुरी हुन्छ ।

पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन :

१) अत्यधिक तेल या मसला भएको खाना पायल्सको समस्या भएकाहरुलाई एकदमै हानीकारक हुन्छ । यस्तै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।

२) फास्टफुड खानुको साटो फलफूल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ ।

३) राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैन ।

४) कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।

५) यसबाहेक चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन ।  (एजेन्सीको सहयोगमा)