९ भाद्र २०८३, मंगलवार
,
Latest
वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपारीका फाइदा र बेफाइदाहरू यस्ता छन्, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं। सुपारी एक औषधीय गुण भएको वनस्पति हो जसलाई विभिन्न कार्यमा प्रयोग गर्ने गरिन्छ । हिन्दु धर्ममा सुपारीलाई पुजा आराधना प्रयोग गरिन्छ भने पान पसलमा पान बनाउनका लागि पनि यसको प्रयोग गरिन्छ । सुपारीलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने, सुपारीका विभिन्न राम्रा पक्षका साथ साथै नराम्रा पक्षहरु पनि छन् । हरेक कुराको फाइदा सँगसँगै बेफाइदाहरु पनि धेरै हुने गर्छ । सुपारीलाई विभिन्न कुरामा प्रयोग गर्दा फाइदाँ हुन्छ भने, यसलाई खादा भने धेरै जसो बेफाइदा हुने गरेको पाइएको छ ।

सुपारी प्रयोगको फाइदा :

१) कुटेको सुपारीलाई पानीमा पकाएर उक्त पानी पिएमा पेट दुखेको निको हुन्छ र झाडा पखाला लागेको बेलामा दिशा लाग्न समेत बन्द हुन्छ ।

२) शरीरमा घाउ खटिरा तथा अनुहारमा दागहरु आएमा सुपारी घोटेर त्यसको लेप लगाउनाले बिस्तारै निको हुँदै जान्छ ।

३) बेलुका सुत्नु अगाडि फिट्कीरी पानीमा सुपारी घोटेर लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।

४) कुनै पनि तरकारी अथवा मासुलाई जति पकाए पनि नपाकेको खण्डमा २ वा ३ टुक्रा सुपारी कुटेर हालिदिएमा तरकारी चाँडै पाक्ने गर्छ ।

सुपारी प्रयोगको  बेफाइदाहरु :

१) यसको सेवनले हाम्रो दाँतको इनामेल हराउन थाल्छ भने हाम्रो गिजालाई पनि कम्जोर बनाउँदै ल्याउछ ।

२) सुपारीको नियमित सेवनले हाम्रो दाँतलाई रातो तथा कालो रंगमा बदलिदिन्छ भने दाँत समेत झर्ने सम्भावना हुने गर्छ । 

३) सुपारीमा पाइने विभिन्न तत्व हाम्रो शरीरको तत्व संग मिसिन गरेर बिषको उत्पादन गर्न सक्छ । जसले गर्दा हाम्रो पाचन प्रक्रियामा गडबडी हुने थाल्छ र हामीलाई विभिन्न स्वास्थ्य समस्याले पिरोल्न थाल्छ । 

४) सुपारीको सेवनले मुटु सम्बन्धि रोगको समभावना बढाउनुका साथै अधिक सेवन गर्दा हामीलाई हार्टअट्याक समेत हुन सक्ने एक अध्ययनले देखाएको छ । 

५) विभिन्न अध्ययनका अनुसार सुपारीको सेवनले हामीलाई क्यान्सर समेत हुने गरेको पाइएको छ । (एजेन्सीको सहयोगमा)




भर्खरै