२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसा शिक्षालाई शिक्षा विधेयकमा पूर्णरुपमा नसमेटिएको भन्दै मुस्लिम अगुवाहरुको असन्तुष्टि



अ+ अ-

काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन् ।

उनिहरुले विधेयकमा मदरसा शिक्षाका केही कुराका सम्बोधन भएपनि अपूर्ण रहेको भन्दै सरकारको ध्यानकर्षण गराएका हुन्।

नेपाल हज समितिका पूर्वअध्यक्ष ताज मोहम्मद मियाँले न्यूजपोलारसंग भन्नुभयो ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षालाई सम्बोधन गरिएकामा सरकारलाई धन्यवाद दिएका छौ तर त्यो अपूर्ण छ पूर्ण बनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई एक ज्ञापनपत्र बुझाएका छौ ।’

उहाँले मूलभूतरुपमा विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै आवश्यक संशोधनका लागि अनुरोध गरिएको बताउनु भयो ।

ज्ञापनपत्र बुझाउन सांसद खालिद सिद्दिकी, कल्पना मियाँ विभिन्न मुस्लिम भातृ संगठन र सामाजिक संघ संस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।