५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र संवद्र्धन गर्न सक्नुपर्दछ: उपराष्ट्रपति यादव



file photo
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्ने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, विहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको उल्लेख गर्दै उहाँले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि बताउनु भयो । उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय हुनुभएका मूर्तिकार कुमाले अन्य कलाकारहरुका लागि पनि प्रेरणा र उत्पेरित गर्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको पनि स्पष्ट पार्नुभयो । उहाँले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुशी व्यक्ति गर्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, ‘कुनैपनि संस्कृतिले संस्कार दिन्छ । यही संस्कारकै कारण ६ सय भन्दा बढी मूर्तिको सृजना गरिसक्दा पनि उहाँ ९१ वर्षको उमेरमा पनि आफ्नो मूर्तिकला विद्यालाई जीवन्तता दिन सक्रिय र क्रियाशील हुनुहुन्छ । संस्कृति आफ्नो लचिलोपनका बाबजुत बिस्तारै परिवर्तन हुन्छ । र, यही प्रक्रिया अनुरुप त्यसले व्यक्तिको व्यक्तित्वलाई विस्तारै विस्तारै प्रभाव पार्दछ । यो प्रभाव यतिधेरै गहिरो र प्रभावकारी हुन्छ, त्यो मात्रै प्रभाव नरहेर उसको व्यक्तित्वको अभिन्न अंग बन्न पुग्छ । संस्कृतिको यसै प्रभावले नै व्यक्तिको निर्माण हुन्छ, गर्छ । मूर्तिकलामार्फत शहरी अभिजात्य संस्कृति होइन, लोक संस्कृतिलाई समृद्ध बनाउन उहाँले गर्नुभएको सृजनात्मक कार्य प्रशंसनीय छ । उहाँले मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सृजना प्रस्श्ुत गर्नुभएको छ ।

उहाँद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, बिहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड अल्बर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको जानकारी पाएर अत्यन्तै खुशी लागेको छ । उहाँको यो महत्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिंगो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि हो । मूर्तिकार कालु कुमालेद्धारा सृर्जित मूर्तिहरु अवलोकन गर्दा त्यसमा उहाँको मौलिक शिल्पहरु प्रशस्तै देख्न सकिन्छ । क्रोधकलामार्फत उहाँले केही फरक र रैथाने संस्कृति, मूल्य, आदर्श र परम्परालाई स्थापित गर्नुभएको छ । क्रोधकलाको असली पारखी भएरै उहाँका मूर्तिहरुमा क्रोध, आक्रोश देखिएयता पनि उद्दार र सहिष्णभावहरु पनि सजिलै नियाल्न र अवलोकन गर्न सकिन्छ । यो भनेको उहाँको प्रयोगशील सोच र अद्वितिय कला प्रर्दशन गर्ने भोककै उपज हुनुपर्दछ ।

चित्रभाषा बुझ्नेहरुले कलाकार कालु कुमालेले सृजना गरेको मूर्तिहरुमा उहाँको हृदय र मस्तिष्क दुवैको समान्जष्यता दुवै भेटाउन र पाउन सक्छ । मूर्ति बनाएरै जीवनयापन गर्न सक्छु भन्ने विश्वास नभएका व्यक्तिले अनगिन्ति मूर्तिहरु बनाउन सफल हुनु चान्चुने विषय हुँदै होइन । तिनै मूर्तिहरुका कारण उहाँ लोकप्रिय हुनुहुन्छ । देशविदेशका मानिस उहाँलाई भेट्न आउने गर्दछन् । यो अन्यका लागि प्रेरणादायी र उत्प्रेरित गर्ने खालको विषय पनि हो । अझ गरिव किसान परिवारमा जन्मिएर पनि आफ्नो धैर्य र लगनशीलताले शिखर चुम्न सकिँदो रहेछ भन्ने तथ्यको एउटा साक्षात र ज्वलन्त उदाहरण पनि उहाँ बन्नुभएको छ । मूर्तिकार कालु कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई हामी सबैले सम्मान गर्दै उहाँका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्दछ ।’

उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिव किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको पनि उल्लेख गर्नुभयो ।