• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo

४ महिनादेखि पारिश्रमिक नपाएपछि पाकिस्तानी खेलाडी आक्रोशित, दिए यस्तो धम्की



एजेन्सी । आईसीसी एकदिवसीय पुरुष विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ । सबै टोली तयारी पूरा गर्न व्यस्त छन् तर १९९२ को विश्व च्याम्पियन पाकिस्तानी टोली फेरि एकपटक चर्चामा आएको छ ।

पाकिस्तानबाट प्राप्त रिपोर्टका अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०र खेलाडीबीचको केन्द्रीय सम्झौतालाई लिएर पाँच महिनादेखि चलिरहेको विवाद अहिले गम्भीर बनेको छ । खेलाडीले चार महिनादेखि तलब पाएका छैनन् ।

खेलाडीहरूले पीसीबीलाई स्पष्ट रूपमा भनेका छन् कि यदि विश्वकप सुरु हुनु अघि यो मामिलाको समाधान नभएमा उनीहरूले टोली प्रायोजकको लोगो लगाउने छैनन् न त विश्वकपको कुनै प्रमोशनल कार्यक्रममा भाग लिनेछन् ।

विश्वका अन्य क्रिकेट बोर्डहरू जस्तै पाकिस्तानमा पनि खेलाडीलाई केन्द्रीय अनुबन्ध दिइन्छ । यसमा केही वर्गहरू पनि छन् । शीर्ष खेलाडीलाई ए श्रेणीमा राखिएको छ । उदाहरणका लागि, अहिलेका कप्तान बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहम्मद रिजवान ‘ए’ श्रेणीका खेलाडी हुन् ।

ए श्रेणीका खेलाडीलाई प्रत्येक महिना ४५ लाख रुपैयाँ (पाकिस्तानी रकम)दिइन्छ । खेलाडीलाई यो शुल्कमा कुनै समस्या छैन तर उनीहरुको समस्या यो हो कि ४५ लाखको यो शुल्कमा यति धेरै कर लगाइएको छ कि उनीहरुले २७ देखि २८ लाख मात्रै पाउँछन् ।

यो विवाद पाँच महिनाअघि सुरु भएको थियो र त्यसपछि पीसीबीका दुई प्रमुख (पहिले नजम सेठी र अहिले जाका अशरफ)ले पदभार ग्रहण गरिसकेका छन्, तर यो समस्या समाधान हुन सकेको छैन ।

विश्वकप सकिनु अघि जाका अशरफ पनि बिदाइ हुनेछन् र त्यसपछि नयाँ प्रमुखले जिम्मेवारी सम्हाल्नेछन् । अहिले नै यो मामिलाको समाधान भएन भने यो समस्या धेरै लामो समयसम्म लम्बिने खेलाडीको धारणा छ ।

‘क्रिकेट पाकिस्तान’को रिपोर्टका अनुसार धेरै पाकिस्तानी खेलाडीहरू विश्वकपअघि यो मामिलाको समाधान हुने सर्तमा मात्र एसिया कप खेल्न गएका थिए । तर, यो पनि हुन सकेन ।

अब खेलाडीहरुले खेलको सुधारका लागि आईसीसीले हरेक देशलाई दिने पैसा वा राजस्वमा खेलाडीलाई पनि हिस्सा दिनुपर्ने नयाँ माग गरेका छन् । स्पष्ट रूपमा पीसीबी यसका लागि तयार हुन सक्दैन, किनभने यो कुनै पनि देशमा हुँदैन । समग्रमा न त केन्द्रीय सम्झौता शुल्कको विवाद रोकिएको छ न त खेलाडीसँग आईसीसीको राजस्व बाँडफाँडको समस्या समाधान भएको छ ।

खेलाडीहरूले पीसीबीलाई स्पष्ट रूपमा आफ्ना मागहरू जतिसक्दो चाँडो पूरा गर्न भनिएको छ । यदि त्यसो भएन भने, उनीहरूले किटमा न त टोलीको प्रायोजकको लोगो राख्नेछन् न त विश्वकपको कुनै प्रवर्द्धनात्मक कार्यक्रममा भाग लिनेछन् ।

पाकिस्तानी टोलीले आगामी अक्टोबर ६ मा हैदरावादमा नेदरल्याण्डविरुद्ध खेल्दै सन् २०२३ को विश्वकपमा यात्रा सुरु गर्नेछ ।