२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फुटपाथ हिँड्नकै लागि भए पनि परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य कुरा भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो भन्दै भन्नुभएको छ, “असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।”

अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासि परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि हो भन्दै उहाँले हामीले महनगरबाट गरिबलाई नभई गरिबी लखेट्नु पर्ने बताउनुभयो ।

फुटपाथमा व्यापार गरिरहेकाहरुलाई उपमेयर सुनिता डंगोलले भेट्नु भएको भन्ने थाहा पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् । समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है !”