काठमाडौं । नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र १६० जनाको एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
कूल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने मृत्यु संख्या ३ हजार १९४ पुगेको छ । हालसम्म २ लाख ७८ हजार ५०६ संक्रमित निको भएका छन् ।
थपिएकामध्ये काठमाडौँ उपत्यकामा १९६६ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।











