३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार नेप्से परिसूचक ९२.४६ अंक बढेर २ हजार ५९९.०७ विन्दुमा



अ+ अ-

काठमाडौं । यो साता दुई कारोबार दिन लगातार उच्च अंकले घटेको बजार तेस्रो दिन मंगलबार  नेप्से परिसूचक ३.६९ प्रतिशत बढेको छ । यसदिन नेप्से परिसूचक ९२.४६ अंक बढेर २ हजार ५९९.०७ विन्दुमा पुगेको हो । 

आज २ हजार ५०६.५२ विन्दुदेखि खुलेको बजारमा सेन्सेटिभ इन्डेक्स पनि ३.२० प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स १४.४८ अंकले बढेर ४६७.२८ विन्दुमा पुगेको हो ।

मंगलबार नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने सोमबारको भन्दा कम भएको छ । सोमबार रू.६ अर्ब ५९ करोड ९ लाख २८ हजार बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर कारोबार भएकामा मंगलबार रू. ५ अर्ब १० करोड ९० लाख ९६ हजार बराबरको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ६३ हजार ५५८ पटकको व्यापारमा भएको हो ।

मंगलबार सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार भएको छ भने शेयरमूल्य पनि यसै कम्पनीको सबैभन्दा बढी बृद्धि भएको छ । अपर तामाकोशी हइड्रोपावरको यसदिन रू. २३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो । यसदिन कम्पनीको शेयरमूल्य भने १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७७ ले बढेर अन्तिम मूल्य रू. ८४७ कायम भएको हो ।

अपर तामाकोशीसँगै यो दिन विशाल बजार कम्पनी , महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स, समीट लघुवित्त वित्तीय संस्था, मल्टिपर्पस फिनान्स , ग्लोबल आइएमई लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त र युनाइटेड ईदी मर्दी आरबिबि हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचक बढ्दा जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६.४८ प्रतिशत बढेको हो । 

त्यस्तै यसदिन बैंकिङ्गको २.६ प्रतिशत, व्यापारिकको ५.५५ प्रतिशत, होटल्स तथा पर्यटनको १.१९ प्रतिशत, विकास बैंकको ३.४४ प्रतिशत, वित्तको २.९१ प्रतिशत, निर्जीवन बीमाको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ४.४९ प्रतिशत, अन्यको ३.६५ प्रतिशत, लघुवित्तको ४.७७ प्रतिशत, जीवन बीमाको ३.४१ प्रतिशत, म्युचुअल फण्डको १.३४ प्रतिशत र लगानी समूहको ४.६५ प्रतिशत परिसूचक बढेको हो ।