२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

मंगलबार कुन जिल्लामा कति थपिए कोरोना भाइरसका संक्रमित

मंगलबार कुन जिल्लामा कति थपिए कोरोना भाइरसका संक्रमित
अ अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलवार १४ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र १६० जनाको एन्टीजेन परीक्षण गर्दा  ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा ३, उदयपुरमा ७, ओखलढुंगामा २,खोटाङमा २, झापामा १६, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरीमा ५१, सोलुखुम्बुमा २, धनुषामा २७, पर्सा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

यस्तै काठमाडौंमा मात्र १ हजार ६०२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ११, भक्तपुरमा १२४, मकवानपुरमा ७२, रसुवामा १, रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा ५, कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४, पर्वतमा ४, मुस्ताङमा २, म्याग्दीमा ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङजामा १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

यता अर्घाखाँचीमा २३, कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्युठानमा ८, बर्दियामा ८६, बाँकेमा ५१५,  रुपन्देहीमा ३८३ र रोल्पामा ४, कालिकोटमा ४, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ९, रुकुम पश्चिममा ७, सल्यानमा ११ र सुर्खेतमा ७४, कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटीमा १, दार्चुलामा १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।   

जसमध्ये २६ हजार २२५ जना सक्रिय संक्रमित छन्।