२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

यी १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

यी १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि सरकारले १० जिल्लामा पूर्ण र तीन जिल्लामाआंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णयलाई आधार मान्दै स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रजिअले निषेधाज्ञा लगाउने आदेश जारी गरेका हुन् । 

गृह मन्त्रालयका अनुसार मंगलबारसम्ममा ११ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ ।

बर्दिया, बाग्लुङ, कालिकोट र बाग्लुङमा चाहिँ आंशिक निषेधाज्ञा जारि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकसाता निषेधाज्ञाले मात्रै महामारीको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।

के–के छ निषेध ?

जिल्लाअनुसार फरकफरक आदेश भएपछि अधिकांश सर्तहरु एकैकिसिमका छन् । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक सार्वजनिक, निजी सवारीसाधन बन्द गरिएपनि एम्बुलेन्स, शव वाहन, दमकल, प्रेसलगायतका गाडी चल्न पाउने भएका छन् । 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

यस्तै अत्यावश्यक कामबाहेक हिँडडुलमा कडाइ गर्ने निर्णय गरिएपनि खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। सिसिएमसीले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।

कहाँ–कहाँ कहिलेदेखि निषेधाज्ञा ? हेर्नुस् सूची

सि.नं                   जिल्ला/क्षेत्र                    समयावधि                       कैफियत
१.                         काठमाडौं           १६ गतेदेखि २२ गतेसम्म     
२.                         भक्तपुर             १६ गतेदेखि २२ गतेसम्म     
३.                        ललितपुर            १६ गतेदेखि २२ गतेसम्म     
४.                           बाँके               १३ गतेदेखि २० गतेसम्म     
५.                           दाङ               १७ गतेदेखि २५ गतेसम्म     
६.                         कैलाली             १६ गतेदेखि २२ गतेसम्म     
७.                        रुपन्देही             १६ गतेदेखि २९ गतेसम्म     
८.                          पर्सा                १६ गतेदेखि २२ गतेसम्म     
९.                        कास्की               १५ गतेदेखि २१ गतेसम्म               जोर–विजोर
१०.                       सुर्खेत                १५ गतेदेखि २१ गतेसम्म     
११.                        बर्दिया               १३ गतेदेखि २० गतेसम्म              आंशिक निषेधाज्ञा
१२.                        बाग्लुङ              ७ गतेदेखि १७ गतेसम्म              बाग्लुङ नपाको ३ वडामा मात्र
१३.                        कालिकोट           १० गतेदेखि १७ गतेसम्म          खाँडाचक्र नपा ११ मा मात्र